Uncategorized

चितवनमा सौन्दर्यकलासम्बन्धी कार्यशाला सम्पन्न

Banner

चितवन, पुस १६-

उद्योग वाणिज्य संघ–चितवनको तालिम हलमा पुस १३ गते देखि सुरु भएको सौन्दर्यकला व्यवसायसम्बन्धी कार्यशाला आज सकिएको छ ।

चितवनको विभिन्न स्थानमा सौन्दर्यकला व्यवसाय गरिरहेका महिला उद्यमीका लागि लक्षित गरी कोभिड–१९ का कारण प्रभावित उक्त क्षेत्रलाई परिस्कृत गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालाको समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकोले समयानुकुलका सिप र व्यवस्थापकीय ज्ञान लिनुपर्ने बताए । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले महिला उद्यमशिलताको विकासका लागि उद्योग वाणिज्य संघ–चितवनले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आइरहेकोले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमको आवश्यकता भएमा संघमा सम्पर्क गर्न अनुरोध गरे । कार्यक्रममा श्रेष्ठले कोभिड–१९ का कारण क्षति पुगेको व्यवसाय मध्ये सेवा व्यवसाय एक भएकोले यसलाई सुधार गर्नमा उद्यमी व्यवसायी आफै पनि सक्रिय हुनुपर्ने बताए ।

सोही कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघका कार्यसमिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले चार दिनसम्म निरन्तर लागि तालिम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई हार्दिक आभार व्यक्त गर्दै जुन उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो सो उद्देश्य परिपूर्ति भएको आफूले महसुस गरेको बताए । कार्यक्रममा चितवन ब्युटिपार्लर युनिटीका अध्यक्ष मीना उप्रेतीेले अनुभवका आधारमा भन्दा नयाँपनका आधारमा व्यवसाय गरेमा सफल भइने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रमको अवसरमा धन्यवाद ज्ञापन गर्दै संघका कार्यकारी निर्देशक निलबहादुर केसीले व्यवसायिक सफलता हासिल गर्नका लागि एउटै खाले पेसा व्यवसायलाई पनि फरक तरिकाले गर्नुपर्ने बताउँदै सिकाई गल्ती गर्दै हुने एक प्रक्रिया भएको बताए । कार्यक्रममा प्रशिक्षक सावित्री रेग्मी, प्रशिक्षार्थी सावित्री परियारलगायतले मन्तब्य राखेका थिए । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा चितवन ब्युटी पार्लर युनिटीको समन्वयमा चार दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा ९० जना व्यवसायी सहभागी रहेको र ६ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए । संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक योगिता पियाको स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>