Breaking News

चितवनका चार हजार कार्यकर्ता काठमाडौंमा उतार्ने प्रचण्ड–माधव समूहको दावी

Banner

चितवन, पुस १२–

राजनीतिक रुपमा विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ । काठमाडौंमा वागमती प्रदेशस्तरीय आन्दोलनको कार्यक्रम तय गरिएको छ । सोही अनुरुप वाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहरुलाई काठमाडौंमा उतारिदै छ ।

सोही कारण प्रचण्ड–माधव समूहको आन्दोलनमा चितवनबाट समेत कार्यकर्ताहरु काठमाडौं जाँदै छन् । सो आन्दोलनमा चितवनबाट चार हजार कार्यकर्तालाई सहभागि गराइने प्रचण्ड–माधव समूहले जनाएको छ । प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य एवंम भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आन्दोलनलाई भव्य र सफल बनाउन चितवनबाट ४ हजार कार्यकर्तालाई काठमाडौं लगिने जानकारी दिइन् ।

आज (आइतबार) साविक माओवादीको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले सो कुराको जानकारी दिएकी हुन् । उनले अहिलेको लडाई विधि र पद्धतिको भएको भन्दै पदको लडाइ भनेर व्याख्या गर्नु गलत भएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>