Uncategorized

नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा मुद्दा

Banner

काठमाडौँ, पुस ९-

राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि रु २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले सञ्चालक किशोर चौधरीविरुद्ध रु दुई करोड १४ लाख ३० हजार २३८ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध रु पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध रु पाँच करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध रु १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ ।

यस्तै शिवम टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध रु चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ । अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध रु एक करारेड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>