चितवन विशेष

गृहमन्त्रीका सल्लाहकार पथिक भन्छन्ः आजदेखि सग्लो नेकपा दुई टुक्रा भयो

०
Banner

चितवन, पुस ७–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ ले आजदेखि सग्लो नेकपा दुई टुक्रा भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पथिकले नयाँ पार्टीहरुलाई शुभकामना पनि दिएका छन् ।

उनले लेखेका छन्–‘आजबाट सग्लो नेकपा दुई टुक्रा भएको छ । हामीले अहोरात्र पार्टी र यसको एकतालाई बचाइराख्न मिलेर र मिलाएर पार्टी र सरकार संचालन गर्न गरिएका भगिरथ प्रयत्न बस्तुत असफल भएको छ । नयाँ पार्टीहरुलाई शुभकामना ।’ उनले बादल समूह छिट्टै विचार र राजनीतिक आधारमा सही निश्कर्षकमा पुगिन उल्लेख गरेका छन् ।

प्रचण्ड–माधव समूहका ७ जना मन्त्रिहरुले राजनीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका छैनन् । मन्त्री भट्ट प्रधानमन्त्री केपी शर्मा ओली खेमामा लागेका छन् भने बादल अझै पनि तटस्थ बसेका छन् । उनी दुवै समूहको भेलामा सहभागि भएका छैनन् । आज उनी उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>