Uncategorized

चितवनमा करसम्बन्धी अन्तरक्रिया

Banner

चितवन, पुस ६-

उद्योग वाणिज्य संघ–चितवनले आज करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उद्यमी व्यवसायीलाई कर शिक्षा, करको दायरा, कर नीति, करको छुटको व्यवस्था, व्यवसाय करलगायतका विषयमा जानकार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र उठ्ने प्रयास गरिरहेको अवस्थामा कर, करजन्य विषयवस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताए । कार्यक्रममा उनले व्यवसायीले निश्चित भूगोलमा व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तब्य भएको बताउँदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने दायित्व रहेको बताए । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यवसायी कर तिर्न सदैब तयार रहेको तर करको दरमा बृद्धि भन्दा दायरा बृद्धिमा जोडदिनुपर्ने विचार राखे ।

करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले प्रत्येक व्यवसायी आ–आफ्नो व्यवसायको कर अधिकृत आफँै रहेको बताउँदै व्यवसाय नभए कर पनि नहुने बताउँदै व्यवसायको सफलतानै कर संकलनको सफलता रहेको विचार राखे । कार्यक्रममा उनले आर्थिक विधेयक–२०७७ ले ल्याएका विशेष छुट तथा कोभिड १९ प्रभावित क्षेत्रमा भएका सहुलियतका बारेमा सम्पूर्ण व्यवसायी जानकार हुनुपर्ने बताउँदै यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा उद्योग वाणिज्य संघ–चितवन प्रति आभार ब्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल र आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत विमल घर्ती मगरले कार्यपत्र प्रस्तुत गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कर शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष, पदाधिकारी, संघका कार्यसमिति सदस्य,पदाधिकारीलगायत ८० जना व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रम संघको आयोजना एवम् भरतपुर महानगरपालिका कार्यालय एवम् आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा आयोजना गरिएको हो ।

चेक हस्तान्तरण

सोही कार्यक्रमको अवसरमा संघका अध्यक्ष राजु श्रेष्ठले गत असोज १३ गते आगलागी भई ठूलो क्षति भएको संघको सदस्य अनुषा कृषि फर्मका प्रोपाइटर खगराज पाठकलाई व्यवसायी राहत कोष अन्तरगत २५ हजारको चेक हस्तान्तरण गरे । संघले सामाजिक उत्तरदायित्व एवम् व्यवसाय राहत कार्यक्रमअन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>