Breaking News

पार्टीमा गुटउपगुट होइन, योग्यताका आधारमा जिम्मेवारी दिनुपर्छः सांसद विजय सुवेदी

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस ४ – बागमती प्रदेश सभा सांसद विजय सुवेदीले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को महाधिवेशन अगाडि कसैले पनि एकअर्काको पद तलमाथि गर्न नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महाननगरपालिका वडा कमिटी– ११ द्वारा आयोजित टेलिफोन डायरी विमोचन एवं अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले पार्टीमा देखिएका सबै समस्या महाधिवेशनमा लैजानुपर्ने बताउँदै उनले छिटोभन्दा छिटो महाधिवेशन गर्न नेतृत्व तहालाई आग्रह गरे । विभिन्न तरिकाबाट महाधिवेशन गर्न सकिने बताउँदै उनले अहिलेको अवस्थामा छिटो गर्ने गरी छोटो तरिकाबाट महाधिवेशन गर्नुपर्ने धारणा राखे । महाधिवेशनपछि मात्र पार्टी एक ढिक्का हुन सक्ने उनको भनाइ थियो ।

‘कम्युनिष्ट भनेको घनिष्ट मित्र हो । कुनै पनि सुविधा लिनका लागि, पदमा जानका लागि फलानो जानुपर्छ । उहाँले दुःख गर्नुभएको छ । भन्ने पारीपाटीबाट हामी कम्युनिष्ट आएका हौं’ उनले भने, ‘अहिले पार्टीलाई जोगाउनकै लागि भए पनि त्यही परीपाटी अवलम्वन गर्नुपर्छ ।’

आफ्नो विद्यार्थी राजनीतिक जीवनकालमा पदका लागि विद्यार्थीहरु झगडा गर्दा नेतृत्वले मिलाउने गरेको उदाहरण दिँदै उनले अहिले नेतृत्वलाई कार्यकर्ताले मिलाउनु पर्ने बताए ।

‘विद्यार्थी जीवनमा विवाद हुँदा हामीलाई मिलाउने पार्टी छ भनेर हामी ढुक्क हुन्थ्यौं । तल विवाद हुँदा नेतृत्वले मिलाउँथ्यो । अहिले केन्द्रमा विवाद छ । यस्तो अवस्थामा तल कार्यकर्ता मिलेर बस्नुपर्छ’ उनले भने ‘माथिको विवाद भएको तलका यही टाउको गनेर हो । हामीले पार्टी फुटन दिन्नम । हामी कुनै गुटमा लाग्दैनम भनेर बसेमा उनीहरु मिल्न बाध्य हुन्छन् ।’

पार्टीभित्र कार्यकर्ताको योग्यता, क्षमता र कामको आधारमा जिम्मेवारी नदिँदा विवाद हुने बताउँदै उनले अबदेखि गुटउपगुट अन्त्य गर्न योग्ताका आधारमा मूल्यांकलन गरेर जिम्मेवारी दिनुपर्ने बताए ।

‘विश्वमा कम्युनिष्ट पछि परिरहेको अवस्थामा नेपालमा जनताले कम्युनिष्टलाई जिताएका छन्, उनले भने ‘कम्युनिष्टहरुले शासन गर्दा जनतालाई विश्वास दिएर राम्रो काम गर्न सक्छन्, भन्ने सन्देश सगरमाथा भएको देश नेपालबाट विश्वभरी दिनुपर्छ । त्यसका लागि कार्यकर्ताको महत्वपूर्ण भूमिका हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>