Uncategorized

देवघाटमा पाँच करोड लागतमा बालिका आश्रम बन्दै, मेयर दाहालद्धारा शिलान्यास

Banner

चितवन,मंसिर ३०-

देबघाटधामा निर्माण हुन लागेको बालिका आश्रमको शिलान्यास गरिएको छ । पाँच करोडको लागतमा निर्माण हुन लागेको आश्रमको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले अभिभावक विहिन बालिकाको संरक्षणमा आश्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भवनको नक्सापासमा लाग्ने रकममा महानगरपालिकाले छुट दिने बताउनुभयो ।

महानगरले प्रतिष्ठानलाई आश्रम सञ्चालनका लागि ५ कट्टठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन । भवन निर्माणका लागि यसबर्ष भरतपुर महानगरपालिकाले २० लाख,बागमती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीनलाख बजेट बिनियोजन गरेका छन । प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार १ सय ८ जनालाई आवासीय रुपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कार सहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उहाँले भन्नुभयो,‘स्रोत जुटेमा भवनको सबै संरचना छिटै बनाइनेछ ।’ उहाँले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताउनुभयो ।

रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ जना बालिकालाई परिवारको खोजी गरि परिवारमा पुर्नस्थापना गरिएको बताउनुभयो । आश्रममा १ सय ५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रुपमा सूचिकृत भैसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताउनुभयो । आश्रममा २१ जिल्लाका बालिका आश्रीत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>