इच्छकामना

उच्च मनोबलका साथ काम गर्नुस्ः गृहसचिव न्यौपाने

Banner

चितवन,मंसिर ३०-

गृहसचिव महेश्वर न्यौपानेले उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचरीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिन्टारको आज निरीक्षण अनुगमनका क्रममा उहाँले राष्ट्रसेवक कर्मचारीले विपद्मा पु¥याएको योगदानको कदर गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो “उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निभाउनुहोस् ।”

शिक्षालयको भ्रमणका क्रममा नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो । भ्रमणका क्रममा दुर्घटनामा परेकालाई उदार गर्ने कला प्रस्तुत गरिएको थियो । सो अवसरमा उद्धारमा प्रयोग गरिने उपकरण र ट्रमा अस्पतालको पनि सचिव न्यौपानेले निरीक्षण गर्नुभएको थियो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालीदास धौवजीले शिक्षालयको गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>