कर्पोरेट

साल्ट ट्रेडिङ कर्पोरेसनलाई गत आर्थिक वर्षमा ७३ करोड बढी मुनाफा

Banner

चितवन, मंसिर ३०-

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले गत आर्थिक वर्ष २०७५\०७६ मा ७३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आठ अर्ब २५ करोडको कारोबार गर्दा सो मुनाफा आर्जन गरेको हो ।

लिमिटेडको आज सम्पन्न ५३ औं वार्षिक साधारणसभा संस्थाले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको सो मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ । कर्पाेरेसनले आज प्रेषित गरेको विज्ञप्तिमा यस वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वापत २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको उल्लेख छ ।

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनी मध्ये दुई हजार ५०० मेट्रिक टन चिनी भन्सारमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।

कर्पाेरेसनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कठिन संक्रमणले सिर्जित कठिन परिस्थितिमा पनि विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउँदै आएको विज्ञप्तिमा दाबी गरिएको छ । लकडाउनमा समेत कर्पोरेसनले अत्यावश्यक वस्तुको आपूर्ति सहजरुपमा होस् भन्ने हेतुले आफना बिक्री कक्षहरु मार्फत र डेलिभरी भ्यान मार्फत् टोल टोलमा एसटीसी को नारासहित आमउपभोक्ताको घरदैलोसम्म सेवा पुयाउँदै आएको छ । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेसनले देशका आमनागरिक एवम् उपभोक्तालाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिबद्धता पनि कर्पाेरेसनले व्यक्त गरेको छ । दसैँ, तिहार, छठ जस्तो चाडपर्वमा सुुपथ मूल्यका पसल सञ्चालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको पनि कर्पाेरेसनले जनाएको छ । नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेसनलाई प्राप्त हुने रकमबाट युरिया, डीएपी, पोटास मल बाहेक अन्य क्षेत्रका किसानलाई समेत सहजरुपमा थप प्रकारको गैरअनुदानित रासायनिक मलहरु सिंगल सुपर फस्फेट, अमोनियम सल्फेटसमेत आयात गरी बिक्री वितरण गर्दै आइरहेको पनि जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>