खेलकुद

कुलबहादुर राना भलिबलको अन्तर्राष्ट्रिय निर्णायक

Banner

काठमाडौँ, मङ्सिर १६ –

नेपालका कुलबहादुर राना भलिबलको अन्तर्राष्ट्रिय निर्णायक बन्नुभएको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) ले रानालाई अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्रदान गरेको हो ।

एफआइभिबीले नेपाल भलिबल सङ्घलाई पत्र पठाउँदै रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको जानकारी गराएको सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो । हालै बसेको बोर्ड बैठकले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको हो । रानाले सन् २०१४ मा जापानबाट एफआइभिबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट कोर्ष गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>