चितवन विशेष

चितवनका आचार्यले फिर्ता पाए सडकमा हराएको दुई लाख ३५ हजार रुपैयाँ

Banner

चितवन, मंसिर १५-

ललितपुरको महालक्ष्मीस्थान चोकमा खसेको चितवनका प्रमोद आचार्यको दुई लाख ३५ हजार रूपैयाँ भेटिएको छ ।

आइतबार राति पौने ८ बजे बा ८७ प ७३५५ नम्बरमा आएका मोटरसाइकल चालकले सडकमै सो रकम फेला पारेका थिए । उनले रकम भेटाउँदै गर्दा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान रूपेश चौधरीले देखेका थिए । त्यसपछि चालक र प्रहरी जवान चौधरीले सो रकम महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएका थिए । आज चितवन माडी नगरपालिका गर्दीका प्रमोद आचार्यले आफ्नो पैसा बुझेर लगेको वृत्तका प्रमुख मित्रबन्धु शर्माले बताए । प्लास्टिकको झोलामा आचार्यको नागरिकता भेटेपछि प्रहरीलाई पैसा हराउने व्यक्तिको पहिचान गर्न सजिलो भएको थियो । आचार्य हालसालै विदेशबाट नेपाल फर्किएका थिए । साथीसँग ल्याएको रकम आइतबार साँझ खसेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>