समाचार
डा. भट्टराई भन्छन् – गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऊँ
०

काठमाडौं, मंसिर १३-
देशका विभिन्न स्थानमा राजावादीले शक्ति प्रदर्शन गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका युवालाई राजतन्त्रका पक्षमा लाग्ने गम्भीर गल्ती नगर्न आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन् ।
‘युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ,’ डा. भट्टराईले भनेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस्!’
उनले अगाडि भनेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौं। दुवैसँग लडेर अघि जाने साहस गरौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























