बजार

दसैँतिहारलाई लक्षित गरेर नेपालमा १० करोड बढीको तास भित्रियो

Banner

काठमाडौं, मंसिर १०-

दसैँ, तिहार र छठ पर्वका लागि नेपालमा १० करोड ११ लाख रूपैयाँको तास भित्रिएको तथ्यांक सार्वजनिक भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा अन्य मुलुकबाट नेपालतर्फ उक्त परिमाणको तास भित्रिएको हो । यस अवधिमा आठ करोड ९९ लाखको ४२ लाख ७० पिस र एक करोड १२ लाखको पाँच लाख १२ प्याकेट तास भित्रिएको हो ।

सबैभन्दा बढी चीनबाट ९ करोडको, जर्जियाबाट २६ लाखको, अमेरिकाबाट २९ लाखको र ब्राजिलबाट चार लाखको तास भित्रिएको हो । गत वर्षमा पनि नेपालमा सोही परिमाणको तास भित्रिएको थियो।

साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालमा १० करोड ५ लाख रूपैयाँको ६६ लाख ९६ हजार प्याकेट तास आयात भएको थियो। यस वर्षजस्तै अघिल्लो वर्षमा पनि सबैभन्दा धेरै तास चीनबाटै भित्रिएको थियो । चीनबाट मात्रै ९ करोड ९० लाख रूपैयाँको तास भित्रिँदा भारतबाट ८१ लाख र अमेरिकाबाट १४ लाखको तास भित्रिएको भन्सार विभागको तथ्यांकबाट स्पष्ट हुन्छ ।

तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी चिनियाँ तास भित्रिँदै आएको छ । आयात हुने कुल तासको ९० प्रतिशत तास चीनबाटै भित्रिएको देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>