चितवन विशेष
लायन्स क्लबद्धारा २० जना बालबालिकालाई ब्ल्यांकेट वितरण
०

चितवन मंसिर ८
लायन्स क्लब अफ नारायणगढ चित्रवनले बाल–बालिकालाई जाडोको लागि ब्ल्यांकेट हस्तान्तरण गरेको छ ।
आज (सोमबार) चितवनको रत्ननगर–२ स्थीत सानो घरमा आश्रित २० जना बालबालिकालाई जाडोको लागि ब्ल्यांकेट हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष लायन महेश प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सानो घरका संचालिका विमला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । क्लबका पूर्व अध्यक्षद्वय लायन रेशमलाल श्रेष्ठ र लायन देवेन्द्रकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम क्लबका सचिब लायन दिपक प्रधानले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























