अटो

नेपाली बजारमा भित्रियो कियाको ‘सोनेट’

Banner

काठमाडौं, मंसिर ७–

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो एसयुभी नेपाल भित्र्याएको हो ।

कम्पनीले केहीअघि सोनेटको प्रि–बुकिङ खुला गरेकोमा सब–कम्प्याक्ट एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो ।

पछिल्लोपटक नेपाल भित्रिएको सोनेट भारतमा अत्यधिक रुचाइएको पेसेन्जर भेइकलमा पर्छ । गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९,२६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारी साधनहरुको भन्दा बढी बिक्री हो ।
नवप्रवेशी सोनेट र सेल्टोसको लोकप्रियताकै कारण भारतीय बजारमा गत सेप्टेम्बरमा कियाका गाडीहरुको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४७ प्रतिशतले बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कम्पनीले यसपटक सोनेटका तीनवटा अप्सन–– एचटिई, एचटिकेप्लस एटी र एचटिएक्स नेपाली बजारमा पेस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>