चितवन विशेष

माडीमा बालबालिकालाई स्टेशनरी सामान वितरण

Banner

चितवन, मंसिर ७-

माडी नगरपालिका–५ बन्टौली टोलमा रहेका ३५ जना विपन्न बालबालिकालाई आज झोला र स्टेशनरी सामान वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका–१७ स्थायी घर भई हाल वैदेशिक रोजगारीको लागि जापानमा रहेका समाजसेवी कुलराज कँडेल र मीना कँडेलको सहयोगमा सो सहयोग गरिएको हो ।

झोला र स्टेशनरी सामान वितरण गर्दै माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले विपन्न बोटे र दराई परिवारका बालबालिकालाई झोला र स्टेशनरी सामान सहयोग गर्ने कुलराज र मीना कँडेललाई धन्यवाद दिँदै यो सहयोगले बालबालिकाको पढाइमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।

स्टेशनरी सामान ग्रहण गर्दै दिवाकर स्मृति विद्यालय माडी कक्षा ७ मा अध्ययनरत विद्यार्थी समिर बोटले अभावको समयमा उपलब्ध भएको झोला र स्टेशनरी सामानले पढ्ने हौसला मिलेको जनाउँदै आगामी दिनमा पनि यस्तै सहयोग पाएमा पढाइमा सहयोग पुग्ने बताए । उनले सहयोग गर्ने सहयोगीलाई हार्दिक धन्यवाद दिए ।

कार्यक्रममा माडी ५ बन्टौली निवासी मीना बोटले वर्तमान संकटको समयमा विपन्न परिवारका बालबालिकालाई झोला र स्टेशनरी सामान सहयोग गर्ने सहयोगी कुलराज र मीना कँडेलप्रति हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतिको कामना गरे । पोशाक र स्टेशनरी वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी वाग्मती प्रदेशका सदस्य ओमनाथ पाण्डे, लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, रेडियो माडीका अध्यक्ष सूर्य पाठक, सामाजिक व्यक्तित्व कृष्णलाल न्यौपानेलगायतको उपस्थिति रहेको थियो । वितरणको सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गरेका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>