Uncategorized

चितवनका घिमिरेको शब्द रचनामा म्युजिक भिडियो ‘लाजको घुम्टो’ सार्वजनिक

Banner

चितवन, मंसिर ६-

चितवनको गीतानगर घर भई अहिले अमेरिका बस्ने शीर्षक घिमिरेको शब्द र प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ’लाजको घुम्टो’ सार्वजनिक भएको छ ।

आशा क्रिएशनको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतमा संगीत तथा एरेन्ज हरि लम्सालको रहेको छ । अस्मिता सापकोटाको प्रस्तुति रहेको उक्त गीतको मिक्सिङ एकोस्टिक नेपाल स्टुडियोका चन्द्र चौधरीले गरेका हुन् ।

भिडियोमा मोडेल रोशनी कार्की र नायक तथा मोडेल कबिर खड्काको अभिनय रहेको छ । शान थापाले निर्देशन गरेको भिडियोको सहनिर्देशन राजीव समरले गरेका छन् भने छायांकन अर्जुन तिवारीको टिमको रहेको छ । उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>