Breaking News

चितवन मेडिकल कलेजमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, कार्तिक २७–

चितवनमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४९ वर्षीय पुरुषको गयराति ११ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए ।

हेटौंडामा कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई चितवन ल्याइएको थियो । यहाँ ल्याउदा उनमा श्वासप्रश्वासको समस्या थियो । कोभिड आइसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>