इच्छकामना
चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
०

चितवन,कार्तिक २४-
इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।
नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























