अर्थ
तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
०

काठमाडौँ, कात्तिक २४–
सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार सात सय थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























