खैरहनी

चितवनको खैरहनीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Banner

चितवन,कार्तिक २२-

चितवनमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका ८ पर्सा बजार नजिक पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख २५६२ नम्वरको बसले सोहि दिशाबाट आउदै गरेको ना ४८ प ३५३५ नम्बरको तिन पाङग्रे स्कुटर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका स्कुटर चालक खैरहनी ८ निवासी ४३ बर्षिय राम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसको चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>