शिक्षा

कक्षा १२ को ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र सार्वजनिक

Banner

काठमाडौं,कार्तिक १८-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो। बोर्डले आगामी मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षाका लागि ४० पूर्णाङ्क तोकेको छ।

सोही आधारमा नमूना प्रश्नपत्र सार्वजनिक गरिएको हो। कोरोना महामारीका कारण ४० पूर्णाङ्कको परीक्षामा विद्यार्थीमा अन्योल नहोस् भनेर प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ। ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा र ४० प्रतिशतको मात्र सैद्धान्तिक परीक्षा हुनेछ। त्यसका लागि बोर्डले कार्यविधिसमेत तयार पारेको छ। परीक्षाको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ।

गत वैशाख ८ गतेदेखि हुने कार्यतालिका रहेको कक्षा १२ को परीक्षा कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको थियो। कक्षा १२ का लागि यो वर्ष चार हजार एक सय पाँच परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थीले पढेको विद्यालयमा पुगेर परीक्षा दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ। तर, काठमाडौं उपत्यकाको हकमा भने विद्यार्थीले भने पढेकै विद्यालयमा परीक्षा दिनुपर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>