चितवन विशेष

रुखबाट लडेर चितवनको राप्तीमा एकको मृत्यु

Banner

चितवन,कार्तिक १८-

चितवनमा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका १ सिमराका ५५ बर्षिय जित बहादुर राईको आज मृत्यु भएको हो ।

दिउँसो ३ बजे घर नजिकैको भेल्लरको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर उनि गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>