चितवन विशेष
नारायणगढको पुतलीबजारमा कार र म्याजिक ठोक्क्दिा चार जना घाइते

चितवन कात्तिक १६-
भरतपुर महानगरपालिकाको नारायणगढमा कार र म्याजिक एकआपसमा ठोक्क्दिा चार जना घाइते भएका छन् ।
आज दिउँसो मध्यान्ह १२ : ३० बजे नारायणगढको पुतली बजारमा पोखरा बसपार्क तर्फ जाँदै गरेको बा २१ च ६३५० नम्बरको कार र बिपरीत दिशाबाट आईरहेको ना१ज ६०६५ नम्बरको म्यजिक एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन ।
घाइते हुनेमा म्याजिक चालक भरतपुर १० वस्ने वर्ष ३२ को सलिन श्रेष्ठ र म्याजिक म्याजिकमा सवार भ.म.नपा ११ बस्ने सरस्वती परियार र कार चालक काठमाण्डौ महानगरपालिका ६ वस्ने वर्ष ३५ को सुवास पाण्डे र उनको श्रीमती वर्ष ३१ की कृति खतिवडा रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्क्त डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर खाएका दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।तस्वीर: ईश्वर कुमार जोशी

























