खैरहनी

चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु

Banner

चितवन, कार्तिक १४–

चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज (शुक्रबार) दिउँसो खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भिर घाइते भएकी उनको उपचारको क्रममा अपरान्ह ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>