क्रिकेट
आइपीएलः मुम्बई इण्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम

काठमाडौं, कार्तिक १४–
कोरोनाका कारण युएईमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल)मा साविक विजेता मुम्बई इण्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । गयराति भएको खेलमा चेन्नाईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेपछि १४ अंकका साथ मुम्बई दुई खेल अगावै प्ले अफ पुगेको हो ।
१२ खेल खेलेको मुम्बई उत्कृष्ट नेट रनेटका साथ १६ अंक बटुल्दै शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा १४ अंकक साथ रोयल च्यालेन्जर्स बैंङलोर रहेको छ भने लगातार तेस्रो हार व्यहोरेको दिल्ली क्यापिटल्स १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
कोलकत्तामाथि चेन्नाईको रोमाञ्चक जित
जारी आइपीएलमा पुछारको चेन्नाई सुपर किंग्सले प्ले अफको नजिक पुगि सकेको कोलकत्ता नाईट राइडर्सलाई ६ विकेट पराजित गरेको छ ।
कोलकत्ताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ४ विकेटका क्षतिमा १७८ रन बनाउँदै जित हासिल गर्यो । अन्तिम बलसम्म पुगेको खेलमा रविन्द्र जडेजाले छक्का प्रहार गर्दै चेन्नाईलाई सान्त्वना जित दिलाए । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा पहिलो बलमा साम करनले रन बनाउन सकेनन् । दोस्रो बलमा २ र तेस्रो बलमा करनले एक रन लिए । तीन बलमा ३ रन बनाएको चेन्नाईलाई ३ बलमा ७ रन बनाउने थप दबाब पर्यो । जडेजाले चौथो बलमा रन जोड्न नसकेपछि २ बलमा ७ रन आवश्यक भयो । पाँचौं बलमा जडेजाले नगरकोटीलाई छक्का प्रहार गर्दै खेल बराबरीको अवस्थामा पु¥यायो । अन्तिम बलमा एक रन आवश्यक हुँदा जडेजाले पुनः छक्का प्रहार गर्दै चेन्नाइलाई रोमाञ्चक जित जिलाए ।
जडेजा ११ बलमा ३१ रनमा नटआउट रहे । करन १३ रनमा नटआउट रहे भने रुतुरुराज गायकवाडले ७२ र अम्बाती रायडुले ३८ रन बनायो ।
यसअघि पहिले व्याटिङ गरेको कोलकत्ताले ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८७, शुभम गीलले २६ रन बनाए ।
हारसंगै कोलकत्तालाई प्ले अफमा पुग्न अन्तिम खेल जित्नै पर्ने दवाब परेको छ । त्यति मात्र नभई कोलकत्ताले अरुको खेलको नतिजामा पनि भर पर्नु पर्ने भएको छ । कोलकत्ता १३ खेलबाट १२ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

























