चितवन विशेष

चितवनको राप्तीमा काँग्रेस र राप्रपा परित्याग गरी १५० जना नेकपा प्रवेश

Banner

चितवन,कार्तिक ६-

चितवनको राप्ती नगरपालिकामा काँग्रेस र राप्रपा परित्याग गरी १५० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन । नेकपा राप्ती नगरपालिका वडा नं. २ को चियापान एवं पार्टी प्रवेश कार्यक्रम मार्फत उनिहरु नेकपा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गरेकाहरुलाई नेकपा बागमती प्रदेश सचिवालय सदस्य एवंम बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र बागमती प्रदेश सचिवालय सदस्य तथा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलिया लगाएतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री लामाले अझैपनि नेकपामा प्रवेश गर्नेहरुको लहर चलिरहेको बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न सके अन्य पार्टीबाट ठूलो पंत्ती नेकपामा प्रवेश गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनताका आवश्यकता अनुसारका काम गरिरहेको बताउनुभयो ।

यस्तै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलियाले गाँउगाँउमा पार्टीका अभियान संचालन गरिने बताउनुभयो । उहाँले कोरोनाका कारण रोकिएका गतिविधि क्रमशः सूचारु हुँदै जाने जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा राप्ती इन्चार्ज मान बहादुर स्याङवो,राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा राप्ती वडा नं. २ का अध्यक्ष दुर्गा बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>