खैरहनी

चितवनको खैरहनीमा एकै दिन दुई वडा कार्यालय उद्घाटन

Banner

चितवन, कात्तिक ३-

चितवनको खैरहनी नगरपालिकामा दुई वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।

खैरहनी १ नम्बर र ४ नम्बर वडा कार्यालय भवनको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गर्नुभएको हो ।

खैरहनी नगरपालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा भवन निर्माण गरिएको थियो । खैरहनी १ नम्बर वडा कार्यालय निर्माणमा कुल ६७ लाख रुपैयाँ खर्च भएकोमा ४० लाख रुपैयाँ जिससको र बाँकी रकम नगरपालिकाले लगानी गरेको खैरहनीका मेयर लालमणि चौधरीले बताउनुभयो । सोही वडाका वडा अध्यक्ष भूमिप्रसाद कँडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

खैरहनी ४ नम्बर वडा कार्यालय निर्माणमा कुल ९६ लाख खर्च भएको छ । जसमा ५६ लाख नगरपालिका र ४० लाख जिससको रहेको छ । वडा नम्बर ४ को भवन उद्घाटन सोही वडाका अध्यक्ष देबबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो । वडा कार्यालय भवन उद्घाटन गर्दै जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले सिंहदरबारको अधिकार घरघरमा आएको अनुभूति दिलाउने आधार वडा कार्यालय निर्माण रहेको भन्दै यसबाट जनताले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । खैरहनीका मेयर लालमणि चौधरीले यसै वर्ष भित्र नगरका सबै वडा कार्यालयको भवन निर्माण हुने बताउनुभयो । खैरहनी ९ को वडा कार्यालय निर्माण अन्तिम चरणमा पुगेको छ भने ८ र ११ को कार्यालय भवन निर्माण काम सुरु भएको छ । अन्य वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिँदै आएका छन् । कार्यक्रममा नगरकी उपप्रमुख सुनिता थपलियाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>