अटो

नाराणगढमा आयो जम्बो इको भेइकल, २० रुपैयाँमा ८० किमी गुड्ने इलेक्ट्रिक स्कुटर सार्वजनिक

Banner

चितवन, कार्तिक १–

चितवनको अटो बजारमा थप एक व्यवसाय संचालनमा आएको छ ।

नारायणगढको लायन्सचोकमा जम्बो इको भेइकल आज (शनिबार)देखि औपचारिक रुपमा शुभारम्भ भएको छ । जम्बो इको भेइकल शुभारम्भ भएसंगै चितवनको अटो बजारमा नयाँ इलेक्ट्रिक स्कुटर भित्रिएको छ । यस जम्बो इको भेइकलले यूरोपतिर धेरै प्रख्यात धेरै गुडेको Lvneng कम्पनीको इलेक्ट्रिक स्कुटर चितवनको बजारमा भित्र्याएको हो ।

यो स्कुटरको आफ्नो छुट्टै विशेषता रहेको छ । २० रुपैयाँमा ८० किलोमिटर गुड्न पाउने यसको मुख्य विशेषता रहेको छ । एकपटक चार्ज गर्दा ८० किलोमिटर सम्म यस स्कुटरबाट यात्रा गर्न सकिन्छ । एकपटक चार्ज गर्न २ युनिट विद्युत खपत हुने छ । व्याट्री चार्ज गर्न २ देखि ३ घण्टासम्म लाग्ने छ ।

यसको मोटर र ब्याट्रीमा २ वर्षको वारेन्टीको सुविधा रहेको छ । सामसुङको व्याट्री 7 series र मोटरको Bosch को कम्पनीद्धारा निर्मित यस स्कुटी खरिदका लागि फाइनान्सको समेत सुविधा रहेको कम्पनीले जनाएको छ ।

चितवनको बजारमा भर्खर मात्रै भित्रिएकोले विस्तारै ग्राहकको आकर्षण बढ्दै गइरहेको जम्बो इको भेइकलका प्रवन्ध निर्देशक बिकलराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘सरकारको प्राथमिकता अनुसार नै इलेक्ट्रिक स्कुटर भित्र्याएका छौं, यसले धेरै ग्राहकलाई सहज बनाउने छ ।’

यस स्कुटर २ वटा मोडलको रहेको छ । जसको मूल्य २ लाख ६० हजार र ३ लाख रुपैयाँ रहेको छ । फाइनान्सको समेत सुविधा रहेकाले ग्राहकलाई खरिद गर्न सहज प्रवन्ध निर्देशक शर्माले बताउनुभयो । अटो क्षेत्रमा चितवनको बजारले महत्वपूर्ण हिस्सा ओगटेको छ । यस इलेक्ट्रिक स्कुटरले पनि ग्राहकको मन जित्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>