चितवन विशेष
७ वर्षीया बालिकासहित फेरि थपिए ३३ जना कोरोना संक्रमित
०

चितवन, असोज २७–
चितवनमा आज (मंगलबार) साँझ थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा चितवनका २९ जनासहित ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १२ पुरुष र ८ महिलासहित २० जना रहेका छन् । जसमा ७ वर्षीया बालिकादेखि ६५ वर्ष उमेर समूहका छन् । यस्तै खैरहनी नगरपालिकाका ३ जना, राप्ती–११ का २ जना महिला, माडी–८ र रत्ननगर नगरपालिका–१२ का एक÷एक जना पुरुष रहेका छन् ।
यसैगरि कास्की, नवलपरासी पूर्व, बेनीघाट र सुर्खेतका एक/एक जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























