कालिका
चितवनमा होम आइसोलेसनमा बसेकी संक्रमित वृद्धाको मृत्यु
०

चितवन, असोज २७–
चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ४ बजेको समयमा कालिका नगरपालिका–१ खुकुरी चोककी ८५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
यही असोज २२ चितवन मेडिकल कलेजमा स्वाब दिएर घरमै बसेकी ती महिलाको अर्को दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । घरमै रहेको बेला उनको मृत्यु भएकोले नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छ ।
घरका अन्य सदस्यहरुलाई स्वास्थ्य मापदण्ड अपनाई बस्न भनिएको छ । योसंगै कोरोना संक्रमणबाट चितवनका ३७ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























