Breaking News

भरतपुरको पुल्चोक-गोन्द्राङ छ लेन सडकः निर्माण कम्पनीसंग ठेक्का सम्झौता

Banner

चितवन,असोज २६-

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको छ । आज निर्माणको जिम्मा पाएको इण्डो सगुन जेभीसंग सडक डिभिजन कार्यालय भरतपुरले ठेक्का सम्झौता गरेको हो । छिट्टै शिलान्यास गरेर निर्माणको काम अघि बढाउने तयारी गरिएको छ ।

सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट गरिएको थियो । सडक डिभिजन भरतपुर कार्यालयका इन्जीनियर विजय दराइले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ वटा कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताउनुभयो ।

हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो । सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–वुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इन्जीनियर दराइले बताउनुभयो । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्टाइएको छ । यस्तै छुट्टै टेण्डर मार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ ।

भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन् । महानगरपालिका भित्र हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरुप नै परिवर्तन हुने उहाँको भनाई छ । “दुई बर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम अघि बढ्छ”,उहाँले भन्नुभयो, “महानगरपालिकाले आफ्नो तर्फबाट सबै काम गरिसकेको छ ।” उहाँले सडक निर्माणमा कुनै समस्या नहुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>