समाचार
उपचारत थप एक कोरोना सङ्क्रमितको मृत्यु
०

मोरङ, असोज २६-
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिनुभयो ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गाैलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























