समाज
मोटरसाइकलमा चर्को आवाज निकालेर टोल थर्काउने चालकलाई कारबाही
०

काठमाडौं,असोज २६-
चर्को आवाज निकालेर टोल थर्काउने र मोटरसाइकलको स्वरूपसमेत परिवर्तन गर्ने २० जना चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार उनीहरूलाई कारबाही गरेको हो। ती चालकले ध्वनि प्रदूषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरूप परिवर्तन गर्ने, लापरबाही ढंगले जिगज्याक रूपमा चलाउने गरेको पाइएकाले कारबाही गरेको महाशाखाले जनाएको छ।
ठूलो आवाजका कारण सहरमा ध्वनि प्रदूषण हुनुका साथै दुर्घटना बढेकाले कडाइ गर्नुपरेको महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र ३४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























