समाचार

त्रिवि शिक्षण अस्पतालको आईसीयूमा डा. केसी

Banner

काठमाडौँ, असोज २६-

चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा. गोविन्द केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ ।

सरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोडेका थिए ।

कोरोना संक्रमणबाट मुक्त भई काममा फर्किएका त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए ।

डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा।गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । तर डा. केसीले आफू त्रिवि शिक्षण अस्पताल नै जाने अडान राखेपछि उनलाई त्यहाँ लगिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>