Breaking News
चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज २३–
चितवनमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर, राप्ती, खैरहनी, इच्छाकामना, रत्ननगर र माडीका ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ पुरुष र ८ महिला गरी १७ जना रहेका छन् । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, ओम अस्पताल र क्वारेन्टिनबाट उनीहरुको स्वाब संकलन गरिएको हो ।
यस्तै राप्ती नगरपालिकाका ४ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै खैरहनी नगरपालिका–८ की ४५ वर्षीया महिला, इच्छाकामना गाउँपालिका–४ का २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि रत्ननगर नगरपालिकाका ४ पुरुष र २ महिला, माडी नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























