Breaking News
चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज २३–
चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर, नवलपरासी पूर्वकासहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, राप्ती नगरपालिकाको ३ पुरुष र ३ महिला गरी ६ जना, खैरहनी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, रत्ननगर नगरपालिकाका ४ जना पुरुष रहेका छन् । उनीहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वाब दिएका थिए ।
यस्तै नवलपरासी पूर्व गैंडाकोटका एक महिला र कावासोतीका एक पुरुष, मकवानपुर हेटौंडा–४ का ५० वर्षीय एक पुरुष रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























