अन्तर्राष्ट्रिय
फिनल्याण्डमा एक दिनका लागि १६ वर्षकी आभालाई प्रधानमन्त्रीको पद हस्तान्तरण
०

काठमाडौँ असोज २२-
फिनल्याण्डमा एक किशोरी प्रधानमन्त्री बनेकी छिन् ।
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद आभा मुर्तो नाम गरेकी किशोरीलाई हस्तान्तरण गरेकी छन् ।
संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा च्यारिटिका लागि फिनल्यान्डले यस्तो कार्यक्रम आयोजना गरेको हो।
बुुधबारका लागि प्रधानमन्त्री बनाइएको हो। उनले कुनै कानून बनाउने या निर्णय गर्ने अधिकार भने पाएकी थिइनन् ।
तर उनलाई राजतीतिज्ञहरुसँग प्रविधिमा महिला अधिकारबारे दिनभर बैठक बसाउन छुट दिइएको छ। मुर्तोले बुधबार साँझ प्रधानमन्त्री मरिनसँग भेटेर लैंगिक समानताबारे छलफल गरेकी छन् ।
सन्ना मरिन ३४ वर्षकै उमेरमा प्रधानमन्त्री पदमा चुनिएकी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























