अर्थ
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो
०
काठमाडौँ, असोज २१-
सुनको मूल्य बुधबार तोलामा ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा बुधबार ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>