अन्तर्राष्ट्रिय

विश्वका हरेक दशमध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्छ : डब्लूएचओ

Banner

एजेन्सी, असोज २०-

विश्वका हरेक दशमध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओले आशंका गरेको छ।

सोमबार एक विशेष वैठकको आयोजना गरेको डब्लूएचओले सो क्रममा विश्वको ठूलो जनसंख्या कोरोनाको खतरामा भएको बताएको छ ।

डब्लूएचओका हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक राइनले सोमबार जेनेभामा विश्वभरका दश प्रतिशत जनसंख्या कोरोनाको चपेटामा आइसकेको बताएका थिए ।

सो क्रममा डब्लूएचओले हाल विश्वभर ३ करोड ५० लाखभन्दा बढीमा कोरोना पुष्टि भएपनि वास्तविक रुपमा ८० करोड मानिसलाई कोरोना लागेको हुनसक्ने बताएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>