अन्तर्राष्ट्रिय

कोरोना संक्रमित ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज, भने – डराउनु पर्दैन

Banner

काठमाडौँ, असोज, २०-

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडैले चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् ।

उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>