अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

Banner

वासिङ्टन, असोज १७-

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उहाँका चिकित्सक डा.केभिन कोनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले शुक्रबार जो बाइडेन र उहाँकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो ।

डा.केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भन्नुभएको छ–बाइडेन र उहाँका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन ।डा.केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उहाँलाई अस्पताल नै भर्ना गरिएको छ । उहाँलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उहाँका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।रासस-एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>