अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा
०

एजेन्सी,असोज १६ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।
ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्। उनीहरू दुवै हाल क्वारेन्टिनमा छन्। जसका कारण अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























