स्वास्थ्य

अनसनरत डा. केसीको जीवनरक्षा गर्न आवासीय चिकित्सकहरुको माग

Banner

काठमाडौं असोज १२-

 अनसनरत डा गोविन्द केसीका मागप्रति उदासिन भएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले डा केसीको अनशनप्रति समर्थन जनाएका छन् ।

अनसन बसेको १५ औं दिन भइसक्दा पनि वार्ताको कुनै पहल नगरेको भन्दै आवसीय चिकित्सकहरूले एक विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सहरूले केही दिन अघिदेखि डा। केसीका मागको समर्थनमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् । नेसनल डाक्टर्स एसोशियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा। शुवास देवकोटा, रेसिडेन्ट एसोसिशयसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराई र विपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा। राजेन्द्र घिमिरेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा डा।केसीको माग पुरा गरी जीवन रक्षा गर्न सरकारलाई आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>