Breaking News

डिएसपीसहित चितवनका ८ जना प्रहरीमा कोरोना संक्रमण

Banner

चितवन, असोज १२–

जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ । ‘उहाँहरुलाई केही समस्या छैन, हाम्रै आइसोलेसनमा बस्नु भएको छ’–एसपी गुरुङले भने ।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । उनले नारायणी अनलाइनसंग भने–‘मलाई हल्का रुघा खोकी, ज्वरो आएको थियो, परीक्षण गराउँदा पोजिटिभ देखियो, अहिले सामान्य छु ।’

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>