Breaking News

चितवन मेडिकल कलेजले थप्यो अर्को पीसीआर मेसिन, कोरोना रिपोर्ट छिट्टै आउने

०
Banner

चितवन, असोज ७–

चितवन मेडिकल कलेज (सिएमसी)ले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका अर्को एउटा आरटी पीसीआर मेसिन थप गरेको छ ।

नतिजा आउन ढिलाई भएको भन्दै नागरिकस्तरबाट गुनासो आएपछि सिएमसीले मेसिन थप गरेको हो । अब दुई वटा मेसिनबाट एकैपटक परीक्षण हुँदा छिट्टै नतिजा सार्वजनिक गरिने अस्पतालका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिए । ‘जनतालाई यसरी नतिजा पर्खेर बस्न नपरोस् भन्ने हेतुले अर्को मेसिन थप गरेका छौं, आशा छ उहाँहरुले छिट्टै नतिजा पाउनु हुनेछ ।’

एउटा मात्रै मेसिन हुँदा कोरोना रिपोर्ट आउन ढिलाई भइरहेको थियो । सो मेसिन मर्मत गर्न परेको भन्दै केहीदिन देखि परीक्षण नै रोकिएको थियो । असोज ३ गतेभन्दा अगाडि संकलन गरिएको सबै नमुनाको रिपोर्ट आज (बुधबार) बेलुकासम्म र त्यसपछि संकलन भएका नमुनाको रिपोर्ट बिहीबार बेलुकासम्म उपलब्ध गराईने अस्पतालका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

चितवन मेडिकल कलेजले शुल्क लिएर कोरोना परीक्षण गरिरहेको छ । भरतपुर अस्पतालमा नमुनाको चाप लग्दा सिएमसीले भने सो स्वाब निःशुल्क परीक्षण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>