Breaking News

नारायणगढको नेपाल बैँक लिमिटेडमा प्रबन्धकसहित पाँच कर्मचारीमा कोरोना, सबै सेवा बन्द

Banner

चितवन, असोज ४-

नारायणगढको नेपाल बैँक लिमिटेडमा प्रवन्धकसहित पाँच कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरिएको छ ।

बैँकका शाखा प्रबन्धक डम्बरबहादुर भण्डारीले आफूसहित बैँकका पाँच कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैँकका सबै शाखा बन्द गरेको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले कोरोनाको रिपोर्ट आउन बाँकी रहेका ६ जना कर्मचारीको रिपोर्ट आएपछि मात्र बैँकको सबै सेवा सुचारु गरिने बताउनुभयो ।

बैँकमा २१ जना कर्मचारी रहेकोमा ५ जना लाई कोरोना पोजेटिभ देखियो भने अन्य ६ जनाको रिपोर्ट आउँन बाँकी छ । अन्य १० जना कर्मचारीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  गत शनिबार ज्वरो आएपछि बैँकका प्रवन्धक भण्डारीले आइतबार पीसीआर टेस्ट गराउँदा सोमबार पोजेटिभ देखिएको थियो । तत्काल अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको थियो । प्रवन्धक भण्डारीले चितवन मेडिकल कलेजमा पनि कोरोनाको रिपोर्ट आउन ढिला भएको गुनासो गर्नुभयो ।

नेपाल बैँक लिमिटेडको सबै सेवा बन्द गरिँदा सेवाग्राहीहरु भने मर्कामा परेका छन् । सरकारी सेवा निवृत्त कर्मचारीहरुको पेन्सन धेरैजसो सोही बैँकबाट हुने भएकोले पनि पेन्सन रकम झिक्न आएका वृद्धवृद्धालाई आइतबार बैँकको गेटबाट फर्काइएको थियो । नारायणगढको वरिपरी रामपुर, पूर्व चितवन र कावासोतीमा मात्र अन्य शाखाहरु भएकोले बैँकका सेवाग्राहीले अन्य शाखाबाट सेवा लिन पनि असम्भव भएको बैँकका सेवाग्राही हरिप्रसाद ढकालले नारायणी अनलाइनलाई बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>