कर्पोरेट

एनआईसी एशिया बैंक र किया मोटर्सबीच सम्झौंता

Banner

चितवन, भदौं ३१-

एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच बैंकलाई व्यापारिक साझेदार बनाउने समझदारी भएको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार उक्त समझदारीपत्रमा बैँकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गर्नुभएको छ । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैँकलाई व्यापारिक साझेदार बनाउने र बैँकले किया ब्राण्डका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्नेछन् । किया ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको विज्ञप्तिमा उल्लेख छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्नेछन् ।

विज्ञप्तिमा यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको उल्लेख छ । साथै यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम दुई करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था रहेको बैँकले जनाएको छ । बैँकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको जनाएको छ । यो सुविधा उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकले लिन सक्ने पनि समझदारीपत्रमा उल्लेख भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>