समाचार
सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि
०

गण्डकी, भदौ ३१-
गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ पुगेको निर्देशनालयले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























