समाचार

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजकुमारको टोली

Banner

काठमाडौं, भदौ ३१-

हिमाल आरोहणका लागि मध्यपूर्वको मुलुक बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली आज बुधबार नेपाल आइपुगेको छ।

बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको थियो । मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन् ।

सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक हुन् ।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उक्त टिममा बहराइनका आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन् ।

‘लगभग २ महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>